Section 125
कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्नेलाई हुने सजाय


(१) देहायका कार्य गर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँदेखि बीस हजार रुपैयाँसम्म जरिबाना वा एक महिनादेखि तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछः-

(क) यस ऐन बमोजिम आफ्नो कर्तव्य पालना गर्ने सिलसिलामा विभागको अधिकृतलाई बाधा विरोध गरेमा,

(ख) दफा ८३ बमोजिमको सूचना बमोजिम कार्य नगरेमा, वा

(ग) अन्य कुनै रुपमा यस ऐनको कार्यान्वयनमा बाधा विरोध गरेमा ।

(२) उपदफा. (१) बमोजिमको कार्य गर्ने उद्योग गरेमा सो उपदफामा लेखिएको सजायको आधा सजाय हुनेछ ।